सुर्खेत यातायात समितिद्वारा लाइक खबरका सञ्चालकमाथि आक्रामक

सुर्खेत । सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरूले सोमबार आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा मृतकका आफन्त र यातायात समितिबिच झडप भएको थियो ।

उक्त आन्दोलनमा समाचार सङ्कलन गर्न गएका लाइका खबरका सञ्चालक बलबहादुर थापा घाइते भएका छन् । थापालाई यातायात समितिका केही व्यक्तिहरूले सिसाको बोतलले टाउका हान्दा घाइते भएका हुन्।

थापाकाे  माया नसिङ्ग होममा उपचार भइरहेको छ ।