
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका दल्लीबाट रुकुमपश्चिमको रिम्ना जाँदै गरेको एक टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
भेरी करिडोर निर्माणमा खटिएको यती बिल्डर्स कम्पनीको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो।
इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार सो टिपरमा चालकसहित तीन जना सवार थिए। हाल उनीहरूको अवस्था अज्ञात छ।

बेपत्ताहरूको खोजीका लागि जाजरकोट र रुकुमपश्चिमबाट प्रहरी टोली परिचालन गरिएको छ। तर, भेरी नदीमा पानीको बहाव धेरै भएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
बेपत्ता भएकाहरूको नाम र ठेगाना भने खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार