
सुर्खेत । सुर्खेतमा जेन–जेड आन्दोलकारीले एकैसाथ विभिन्न दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
मंगलबार आन्दोलकारीहरूले पहिले नेकपा (एमाले) कर्णाली प्रदेश कार्यालयमा सटर फोडी कागजातहरू सडकमा फ्याँकेर आगजनी गरेका थिए।

त्यसपछि उनीहरूले नेकपा माओवादी र नेपाली काँग्रेसका कार्यालयमा पनि तोडफोड गर्दै कागजात नष्ट गरेका छन्।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार