कालीकोट । मोटरसाइकल दुर्घटनामा पचालझरना–४ लाफाका ३३ वर्षीय युवा नेता को निधन भएको छ।

उनी कालीकोटको निर्वाचन क्षेत्र ‘ख’का पार्टी प्रवक्ता तथा जिल्ला समिति सदस्य थिए। सोमबार मान्ममा आयोजित चुनावी सभामा सहभागी भएर घर फर्किने क्रममा दुर्घटना भएको हो।
मान्मबाट फर्किन् क्रममा उनी सवार मोटरसाइकल खाडाचक्र–२ छहरा नजिक दुर्घटनामा परेकाे हाे ।
कालीकोटका प्रहरी प्रमुखका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनापछि न्यौपाने सडकबाट करिब १०० मिटर तल भीरमा खसेका थिए।
घटनापछि टोलीले उद्धार गरी स्थित जिल्ला अस्पताल लैजाने प्रयास गरे पनि बाटोमै उनको निधन भइसकेको थियो।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार








