सवारी साधनको भाडा बढ्यो

काठमाडौं । सरकारले देशभर बढेको सवारीको भाडादर सार्वजनिक गरेको छ ।

असार २७ गते केपी ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले गत शुक्रबार (हिजो) सार्वजनिक गरेको हो ।

विभागले बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागु हुने जनाएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २० प्रतिशत भाडा बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालबहाक सावरीको २६ प्रतिशतले भाडा बढेको छ ।