काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो ।
ए.के. सञ्चार । ८ श्रावण २०७८, शुक्रबार १३:५१