एमाले नेता भीम रावलद्वारा राजीनामा फिर्ता

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो ।