वीरेन्द्रनगरमा लागुऔषधसहित श्रीमान–श्रीमती पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित श्रीमान–श्रीमती पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सानु भन्ने सरला शाहीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद २६ हजार तीन सय रुपैयाँ बरामद गरिएको छ । पक्राउ गरेका गिरी दम्पतिमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।