![](https://aksanchar.com/wp-content/uploads/2021/08/flood-flow_ax8RGDJlMf-1.jpg)
बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइएको उनले बताए ।
ए.के. सञ्चार । १९ श्रावण २०७८, मंगलवार १३:४४