काठमाडौं । पछिल्लो २४ घण्टामा २५०० जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २०८६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ । यस्तै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ ।
हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ए.के. सञ्चार । ८ भाद्र २०७८, मंगलवार १७:१८