जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

जुम्ला ।नेपाली कांग्रेसका दामोदर आचार्य जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले २ हजार ८ सय ६ मत ल्याएर विजयी भएका हुन् ।उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५ सय ६३ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमकलि बुढा विजयी भएकी छन् । उनले २ हजार ३ सय ८० मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी रीता खत्री एक हजार ९ सय ४५ मत प्राप्त गरेकी छन् । कनकासुन्दरीमा २०७४ सालमा पनि कांगेका अध्यक्ष नरवीर रावत र उपाध्यक्ष उर्मिला भण्डारी विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकासुन्दरी गाउँपालिकामा ७०४३ मत खसेको थियो ।