नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने

काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।

नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं -कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं -कोलम्बो उडान हुने जानकारी दिए । काठमाडौं-कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको प्रवक्ता क्षेत्रीले बताए ।

काठमाडौं -कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।