कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देश विदेशका विद्यार्थी डा. पढ्दै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलले कर्णाली पहिला जस्तो दुर्गम नरहेको बताएका छन् ।


चिकित्सा शिक्षा स्नातकतह अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम तथा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै उपकुलपति रावलले कर्णालीमा डाक्टर पढ्न छिमेकी देश भारतबाट पनि पढ्न आउने गरेकाे जानकारी दिए ।

डा. रावलले भने,`कर्णालीले पनि देश विदेशका विद्यार्थीलाई डाक्टर पढाउन पाउँदा खुसि लागेको छ । कर्णालीमा सधैं दुर्गम र भाेकमरी मात्रै छ भन्ने नभएर कर्णाली विस्तारै विकास हुँदै गएको छ त्यसमा गर्भ महसुस गर्न सक्नुपर्छ ।,

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेक्चर ओमप्रकाश काफ्लेले देश बिदेशबाट आएका विद्यार्थीहरुलाई स्वागत गर्दौ उनले उज्ज्वल भबिस्यकाे शुभकामना गरेका छन् ।

प्रतिष्ठानमा २०८०/०८१ मा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम, बिपिएच, नर्सिङ र बिफर्माका विद्यार्थीलाई साेमबार अभिमुखिकरण कार्यक्रममा स्वागत गरिएको थियाे ।