२०८२ जेठ ६ , मंगलबार

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवस मनाइँदै



काठमाण्डौ । मानव बेचबिखन मुक्त समाज; हाम्रो प्रतिबद्धता सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ ।

सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ।

प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरुपमा पनि परिवर्तन आएको छ । पहिले पहिले भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानव बेचबिखन हुने गरेकोमा अहिले नयाँ नयाँ बाटो र गन्तव्यमार्फत बेचबिखन हुने गरेको पाइएको छ ।

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको सिमा क्षेत्रमा कडाइ गर्न थाले पछि बेचबिखनको नयाँ शैली प्रयोग गर्न थालिएको छ । अहिले भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, इण्डोनेसियालगायतका मार्गबाट मानव बेचबिखन हुने गरेको पाइएको छ । यस्तै, मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुन थालेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ भदौ २० गते आइतबार