चाडपर्वमा हुने कालो बजारी, चर्को भाडादरलाई नियन्त्रण गर्न, मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दशैँ तिहार नजिकिएसँगै सर्वसाधरणले खेप्नु पर्ने सास्तीका बारेमा चासो राख्दै कालो बजारी र सवारी साधानको चर्को भाडादरलाई नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

विहिवार प्रदेश सरकारले आयोजना गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र कर्णाली प्रदेश प्रहरी प्रमुख गणेश ऐरलाई यस्तो निर्देशन दिएका हुन् ।

‘कोरोना भाइरसका कारण गएको बर्षमा कर्णालीका नागरिकले मनाउन नपाएको दशैँ र तिहारलाई यो पटक राम्रोसँग मनाउने बातावरण सरकारले मिलाउनु पर्ने भन्दै ‘मुख्यमन्त्री शाहीले ‘त्यसको लागि स्थानीय सरकार, प्रहरी प्रशासन, प्रमुख जिल्ला अधिकारी मार्फत राजनिति दल सबैले सचेतना फैलाउन जरुरी रहेको औल्याए ।

‘कर्णाली प्रदेशमा पछिल्लो समयमा धेरै जसो ठाउँमा मोटर बाटो पुगेको भए पनि बर्खाको समयमा ती मोटरबाटोहरु अबरुद्ध भएका छन्, ‘मुख्यमन्त्री शाहीले भने, ‘मोटर बाटो भएर पनि कहिलेकाहि पैदल यात्रामै नागरिकले सास्ती खेप्नु पर्ने बाध्यता कर्णालीमा रहेकोले त्यसको लागि प्रमुख जिल्ला अधिकारीले संम्बन्धित स्थानीय तहको सहयोगमा अबरुद्ध मोटरबाटो बनाउनको लागि कति लागत लाग्छ प्रदेश सरकारलाई छिटो जानकारी गराए अबरुद्ध मोटर बाटो खोल्न तिर प्रदेश सरकार लाग्ने बताए ।

गाउँघरमा दशैँ तिहारको निहुमा हुने विकृतिलाई रोक्नेका लागि प्रहरी प्रसाशनले ठुलो भुमिका खेल्नु भन्दै मुख्यमन्त्री शाहीले अहिले देखि नै जुवा,तास, र मदिरा नियन्त्रणको लागि प्रहरी प्रसाशनलाई खटिन निर्देशन दिए ।

कर्णालीको माथिल्लो भागमा खाद्यको संकट आउन सक्ने भन्दै उनले खाद्य व्यावस्थापनको लागि सरकार लागिरहेको पनि जारकारी गराए । बजारी क्षेत्रमा तिहार र चाडपर्वको अबसर छोपेर म्याद नाघेका खाद्यन्न विक्रिवितरण गरेको विगतका दिनमा भेटिएको भन्दै मुख्यमन्त्री शाहीले बजार अनुगमनलाई प्रभावकारी ढंगले लिनको लागि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।

दशैँको बेला सवारी साधनमा नागरिकको अत्याधिक भिड हुने भएकोले क्षमता भन्दा बढी यात्रु ओसार पोसार गर्नाले दुर्घना निम्तीने भन्दै मुख्यमन्त्री शाहीले सिमित सिट अनुसारको मानविय शक्ति ओसार पोसार गर्न यातायात व्यावसायीलाई निर्देशन दिन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । घर सबैले पुग्नु पर्ने हुन्छ बरु क्वू फ्रि गरेर भए पनि सिट अनुसारको प्यासेन्जर बोक्न लाउनु पर्ने हुन्छ त्यसको लागि प्रहरी प्रसाशनले अनुगमनलाई तिव्र बनाउन लाग्नु पर्छ उनले भने,।’

दश वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख र सडक डिभिजन कार्यालयका प्रमुखहरुलाई सडकको अबरोधलाई हटाउनको लागि तयारी अबस्थामा रहन निर्देशन दिदै मुख्यमन्त्री शाहीले मोटर बाटो अबरोधका कारण घर पुग्न नपाएको गुनासो नागरिकबाट सुन्न नपर्ने वातावरण बनाउन तिर सबैले लाग्नु पर्ने बताए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख गणेश ऐरले त्यस्ता खालका अपराधिक गतिविधि रोक्नेको लागि प्रहरी गाउँ गाउँमा परिचालन गरिने र नागरिकहरुको सुरक्षाको प्रत्याभूति गराउनको लागि प्रहरी २४ घण्टा खटिन तयार रहेकोले नागरिकलाई ढुक्क सँग बस्न आग्रह गरे ।

सत्ता साझेदार दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दशैँको बेला हुने भोजभतेरका कारण उत्पन्न हुने स्वास्थ्य समस्याका बारेमा नागरिकलाई सचेतना मुलक कार्यक्रमको खोचो रहेको बताउदै कोरोना महामारी अहिले पनि कम नभएकोले त्यसको लागि स्थानीय स्तरमा चिकित्सकको व्यावस्थापन मिलाउनको लागि सरकार सँग आग्रह गरे ।