विमा दावि बापतको रकम हस्तान्तरण

कालीकोट । कालीकोट जिल्लामा विमा दावि बापतको रकम दावि गर्ने एक जना विमितले आफ्नो श्रीमानको दुर्घटनामा मृत्युपछि विमित बापतको रकम पाएकी छन् ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नाग्म कालिकोट अन्तरगत समुह नंम्वर १६ की मखमली महिला समूहकी बसन्ती शाही हमालले आफ्नो श्रीमानको दुर्घटनामा मृत्युपछि उक्त विमित रकम पाएको शाखा प्रबन्धक महनविर शाहीले जानकारी दिए ।

प्रबन्धक महनविर शाहीका अनुसार बसन्ती शाहीका श्रीमान कुशलराज हमालको ०७८ पौष ९ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । मृतककी श्रीमती बसन्तीले समुहको बैठकमा ९ लाख २० हजार रुपैया विमा दावि गरेकाले कार्यालयले आवाश्यक प्रक्रिया पुरा गरी मृतकको परिवारलाई भुक्तानी दिएको शाखा प्रबन्धक महनविर शाहीले जानकारी दिए ।

शाखा कार्यालय स्थापनाको छाटो समय भए पनि फानाइन्सले सबैको मन जितेको र स्थानीयहरु यो फानाइन्समा आक्रशित हुदै गएको स्थानीयहरुले बताउने गरेका छन् । अहिले नाग्म शाखा कार्यालयमा कालिकोट जिल्ला पचालझरना निवासी श्री महनविर शाहीले नेतृत्व समालिरहेका छन् ।