सुर्खेत । बाजेनाती ग्रुपको पहिलो तीज गीत ‘झलिको माइती देशैको’ सार्वजनिक भएको छ। नेपाली चेलीहरूको माइतीप्रतिको माया, तीजको भावना र मौलिक संस्कृतिलाई गीतमा प्रस्तुत गरिएको छ।

जमुना विश्वकर्माको स्वर रहेको गीतको भिडियोमा विजया पुरीको अभिनय रहेको छ। भिडियोको छायांकन तथा सम्पादन निर्मल प्याकुरेलले गरेका छन् भने निर्देशन यामुमगर १२१५ ले गरेका हुन्।
तीजमा माइतीको सम्झना र चेलीको मनमा आउने भावनालाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। गीतमा नेपाली नारीहरूको भावना र तीजको मौलिक संस्कृतिलाई प्राथमिकता दिइएको छ।
बाजेनाती ग्रुपले आफ्नो पहिलो तीज कोसेलीका रूपमा गीत सार्वजनिक गरेको हो। गीत तथा भिडियो बाजेनाती युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। निर्माण पक्षले गीतलाई माया, साथ र हौसला दिन दर्शक तथा शुभेच्छुकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार








