कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नियक्त भएका छन् ।

प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मंगलबार साँझ नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । नवनियुक्त मुख्यमन्त्री शाहीलाई अहिले ८ः३० बजे प्रदेश प्रमुख कलाैनीले सपथ ग्रहण गराएका हुन् । 

यस अघि उनले माओवादी केन्द्रका १२, काँग्रेसका छ र नेकपा(एकिकृत समाजबादी) का तीन जना गरी २१ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए ।