बहुविवाह मुद्दामा फरार एक महिला पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका–१०को  ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार (हिजो) पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतको आदेशले १ हजार सहित एक वर्ष छ महिना कैद सजाय सुनाएपछि उनी फरार थिइन् ।

पक्राउ परेकी सारुलाई शुक्रबार नै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।