सुर्खेत । महिला पत्रकारका समस्या र अधिकार सम्बन्धी काम गर्दै आएको सञ्चारिका समूहले कर्णालीमा प्रदेश समिति गठन गरेको छ । विहिबार सुर्खेतमा भएको दोश्रो अधिवेशनबाट उक्त समिति गठन गरिएको हो ।
अध्यक्षमा सीता वली, उपाध्यक्षमा कृष्णमाया उपाध्याय, महासचिवमा चाँदनी कठायत, सचिवमा मनिषा केसी र कोषाध्यक्षमा सृजना बुढाथोकी चयन भएकी छन् ।
सदस्यमा रजनी योगी, सुकुमाया शाही, कोमल शाही, तिलसरा विक, पवित्रा जैसी, चन्द्रा कंडेल र कल्पना ढेंगा मगरलाई चयन गरिएको हो ।
ए.के. सञ्चार । २३ मंसिर २०७८, बिहीबार २२:५३