सुनको भाउ तोलामा १६ सय रुपैयाँले घट्यो

काठमाडौ । सुनको भाउ (आज) तोलामा १६ सय रुपैयाँले घटेको छ ।

मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मूल्य बुधबार भने ओरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले ओरोलो लागेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ तोकिएको छ ।