सञ्चारिमा समूह कर्णाली प्रदेशको अध्यक्षमा सीता वली चयन

सुर्खेत । महिला पत्रकारका समस्या र अधिकार सम्बन्धी काम गर्दै आएको सञ्चारिका समूहले कर्णालीमा प्रदेश समिति गठन  गरेको छ । विहिबार सुर्खेतमा भएको दोश्रो अधिवेशनबाट उक्त समिति गठन गरिएको हो ।

अध्यक्षमा सीता वली, उपाध्यक्षमा कृष्णमाया उपाध्याय, महासचिवमा चाँदनी कठायत, सचिवमा मनिषा केसी र कोषाध्यक्षमा सृजना बुढाथोकी चयन भएकी छन्  ।

सदस्यमा रजनी योगी, सुकुमाया शाही, कोमल शाही, तिलसरा विक, पवित्रा जैसी, चन्द्रा कंडेल र कल्पना ढेंगा मगरलाई चयन गरिएको हो ।