काठमाडौँ । नेपालमा थप एक जनामा ओमिक्राेन पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता काैशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएकाे बताइन् ।
मन्त्रालयको काेराेनासम्बन्धी प्रेफ ब्रिफिङमा बुधबार (आज) प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति घरमै आइसाेलेसनमा रहेकाे र उनीसँग सम्पर्कमा आएकाकाे ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेकाे बताइन् ।
हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकाेमा २२ वटा डेल्टा भेरिएन्ट भेटिएकाेमा त्यसमध्ये एउटा ओमिक्रोन भेरिएन्ट भेटिएकाे हाे ।
ए.के. सञ्चार । ७ पुष २०७८, बुधबार १८:३७