एमाले कालीकाेटकाे अध्यक्षमा जसी प्रसाद पाण्डे विजय

कालीकाेट । नेकपा एमाले कालीकाेटकाे अध्यक्षमा जसी प्रसाद पाण्डे विजय भएका छन् । दशाैं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व छनाेट गर्न नसकेपछि निर्वाचनबाट टुंगाे लगाइएकाे हाे । खाडाचक्र नगरपालिका नगर-प्रमुख समेत रहेका पाण्डेले ४३३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रमेश कुमार शाहीले २९७ मत ल्याएर पराजित भएका छन् ।

यस्तै उपाध्यक्षमा संस्थापन समुहबाटै दयाराम सिम्खाडा ३८० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अलि बहादुर शाहीले १७७, बेलकाेशा शाहीले २३, लक्ष्मी चाैलागाईले ५५, सक्क बहादुर बमले ४१ मत ल्याएर पराजित भए ।

यस्तै सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वि पार्वती सिंह सज्यालले ३३२ मतले पराजित भएकि छन् ।

दुइ पद रहेकाे उप-सचिवमा व्यासी तिरुवा (विकास) ले ३९० र मनराज शाहीले २६९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वि जनक बहादुर शाहीले २१४, पवित्र शाहीले १६१, एसुदा वरालले १०३, पुर्ण प्रसाद उपाध्यायले ७६ मतले पराजित भएका छन् ।