कार्यालय प्रमुख सहित १५ जना स्वास्थ्यकर्मी कोभिड संक्रमण

जाजरकोट । जाजरकोटमा स्वास्थ्य सेवा कार्यालयका  १५  जना स्वास्थ्यकर्मी कोभिड सङ्क्रमित भएका छन् ।


स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमित सबै होमआइसोलेशनमा बसेको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।

जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।