सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १बाट कांग्रेसले गर्यो मनोनयन दर्ता

सुर्खेत। सत्ता गठबन्धनको तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसले पनि मनोनयन दर्ता गराएको छ। गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि हृदयराम थानीले मनोनयन दर्ता गराएका छन्।

, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा पनि उम्मेदारी दर्ता गराउँने क्रम जारी रहेको छ। जसमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन योगको केन्द्रीय कार्यालयबाट पत्रमार्फत उम्मेदवारी दर्ता गराउँने तयारी थालेका छन्।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क)बाट नेवपाली कांग्रेसका कालीप्रसाद शाक्य र (ख)बाट माओवादी केन्द्रमा विन्दमान विष्टले मनोनयन दर्ता गराएका छन्।यस अघि एमालेका उम्मेदवारले पनि आफ्नो उम्मेदवरी दर्ता गरिसेका छन्।