२०८२ कात्तिक ३ , सोमबार

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य




काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ।

शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार