वीरेन्द्रनगरमा एक फरार प्रतिवादी पक्राउ

सुर्खेत । घरेलु हिंसा मुद्दामा जिल्ला अदालत सुर्खेतबाट सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले घरेलु हिंसा मुद्दामा फरार एकजना प्रतिवादीलाई बिहीबार पक्राउ गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २८ वर्षीय डम्बर न्याैपानेलाई निजको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निजले गरेको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महिना कैद र २५ हजार रूपैयाँ जरिवाना तोकिएको थियो ।