विद्यार्थीलाई जुम्लाबाट परीक्षा दिन सुर्खेत आउनुपर्ने

जुम्ला । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने बिएड तेस्रो वर्षको परीक्षा केन्द्र सारेपछि विद्यार्थीलाई परीक्षा दिन सुर्खेत आउनुपर्ने भएको छ ।

मंगलबार मात्रै केन्द्र सारिएको सूचना आएपछि आक्रोशित विद्यार्थीले क्याम्पसमा ताला लगाएका छन् ।