डाेल्पामा जिप दुर्घटना हुदाँ ९ जना घाइते

सुर्खेत । डाेल्पाकाे ठूलीभेरी नगरपालिका_९ भित्तीमा जिप दुर्घटना भएको छ । दुनै बजारबाट त्रिरपुरा सुन्दरी नगरपालिका–१ सुपानेतर्फ जादै गरेको भे १ ज ९७५ नम्बरको जीप स्टेरिङ फेलहुँदा दुर्घटना भएको हो ।

आइतबार (आज) ३ बजे ठूलीभेरी नगरपालिका–३ को दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका–१, को सुपानेतर्फ जाँदै जिप दुर्घटना भएको हाे । उक्त जिप र्दुघटनामा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

उनीहरुको एम्बुलेन्सबाट उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल दुनै डोल्पामा पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।