हाेटेलमा लागू औषध काराेबार गर्ने ४ जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरकाे एक हाेलेटमा लागू औषध कारोबार गरिरहेकाे अवस्थामा सुर्खेत प्रहरीले ४ जनालाइ पक्राउ गरेकाे छ । 
वीरेन्द्रनगर-६ मा रहेको एक हाेटेलबाट लागू औषध कारोबार भई रहेको बिशेष सुचनाको आधारमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-१२ का ३० वर्षीया भुगाेल गुरुङ, साेही ठाउँका २२ वर्षीया विप्लव सुवेदी, वीरेन्द्रनगर-१० का १८ वर्षीया युनिस नेपाली, वीरेन्द्रनगर-३ कि १९ वर्षीया पुजा कार्की छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागू औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूकाे साथबाट पलास्टीक सहित १ सय मि.लि. ग्राम र नाप ताैल गर्दा शुद्व ४० मि.लि. ग्राम लागू औषध (ब्राउन सुगर ) जस्तो देखिने खैराे धुलाे पदार्थ सहित बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीकाे जनाएको छ ।