काँक्रेविहारमा संरक्षणमा रहेकाे गिद्व कावासाेति लगियाे

सुर्खेत । काँक्रेविहारकाे मुल गेटमा संरक्षण गरि राखेकाे हिमाली गिद्व साेमबार कावासाेती लगिएको छ ।

गिद्धको थप संरक्षणका लागि कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको गिद्धको हेरविचार र संरक्षणमा जुटेका यूवा नवराज बोहोराले जानकारी दिए ।

करिब १ महिना अगाडी वीरेन्द्रनगरको लादेमा घाइते अवस्थामा फेला परेको गिद्धलाई शुरुमा वन कार्यालय सुर्खेतले आफ्नो संरक्षणमा राखेको थियो तर आहारको कमि सँगसँगै गिद्ध विरामी हुँदै गएको अवस्था भएपछि कार्यालयले संरक्षित वन काँक्रेविहारमा छोडेको थियो ।

काँक्रेविहारमा अलपत्र अवस्थामा रहेको गिद्धलाई यूवाहरुको पलमा युवा अभियन्ता नवराज बोहोराले स्याहार संरक्षण गरेर राखेका थियो ।