२०८२ असार १४ , शनिबार

धनगढी उपमहानगरपालिकाको मतगणनामा जुटेन सहमति



धनगढी । धनगढी उपमहानगरपालिकामा जारी सर्वदलीय वैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि मतगणना सुरु हुन सकेको छैन ।

नेकपा एमालेले धनगढी– ६ मा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । तर गठबन्धन दलहरुले भने पुनः मतदान भए सबै ठाउँमा हुनुपर्ने, अन्यथा शुक्रबारकै मतगणना हुनुपर्ने अडान लिएका छन् ।

 

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार