रोल्पामा अटो दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते

रोल्पा। मंगलबार साँझ रोल्पामा भएको अटो दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अटो दुर्घटनामा अन्य तीन यात्रु घाइते छन्। करबि ६ बजेतिर रोल्पा नगरपालिका वडा नम्बर २ सिमलबाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो अनियन्त्रित भएर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।

अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय महेश कवरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जना गम्भीर रहेको छ भने दुई जना उपचारपछि घर फर्केका छन्।रोल्पा नगरपालिका वडा नम्बर ७ का करिब ५२ वर्षीय जानसिंह पुनलाई थप उपचारको लागि बुटवल पठाइएको छ।