आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौं। आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।