पेनाल्टी सुटआउटबाट पञ्चपुरी फाइनलमा प्रवेश 

सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा आज भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटबाट पञ्चपुरी फाइनल प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउट गरे सँगै पञ्चपुरीले आफ्नो फाइनल यात्रा सुरक्षित गरेको हो । फाइनल खेलका लागि वीरेन्द्रनगरस्थित रंगशालामा निर्धारित खेल अवधिमा गोलरहित भएपछि पेनाल्टी सुटआटमा खेल भएको थियो ।

पेनाल्टीमा पञ्चपुरीले भेरीगंगालाई एकका विरुद्ध तीन गोल गरेर आफ्नो फाइनल यात्रा सुरक्षित गरेको हो । शनिवार सेमिफाइनलको अन्तिम खेल हुनेछ । फाइनल प्रवेशका लागि वीरेन्द्रनगर र चिंगाडविच हुनेछ ।

१४ गतेसम्म जारी हुने काँक्रेविहार कपमा प्रथमले एक लाख र दोस्रोले ५० हजार पुरस्कार राशीको पुरस्कार पाउनेछन् ।