सुर्खेत । जुम्लाको कनका सुन्दरी गाउँपालिकाले एकै भवनबाट सबै सेवा दिन थालेको छ । भवन अभावमा यसअघि विषयगत शाखा विभिन्न ठाउँमा राखिए पनि अब एकै स्थानबाट सेवा प्रवाह हुन थालेको हो ।
विषयगत शाखा छरिदा नगरिकलाई सेवा प्रवाहमा असहज भएको कनका सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठातले बताए । उनले भने, ‘यसले गर्दा नागरिकलाई सेवा लिन झन्झट र पालिकालाई समेत मंहगो पर्दै आएको थियो ।ु उनका अनुसार यही कारण पालिकाले एउटै भवन भाडामा लियर सबै विषयगत शाखा एकै भवन बाट सन्चालन गरेको हो ।
नागरिकलाई सन्तुष्ट गराउन एकै थलोबाट सेवा दिन थालेको गाउँपालिकाका अध्यक्ष दामादरप्रसाद आचार्यले बताए । अब पालिकाले आफ्नै भवन समेत बनाउनतर्फ लाग्ने उनले बताए ।०७४ सालमा निर्वाचित स्थानीय सरकारहरूको पाँच वर्षे कार्यकाल सकिँदा समेत सेवाप्रवाह एकीकृत तवरबाट भएको थिएन ।
ए.के. सञ्चार । २२ असार २०७९, बुधबार १३:२२