मेरिङदेन गाउँपालिकामा कांग्रेसका युकहाङवीर विजयी

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसबाट युकहाङवीर हाङ्गाम डम्बर विजयी भएका छन् । आज बिहान सम्पन्‍न मतगणना अनुसार हाङ्गाम २ हजार ८६९ मतसहित विजयी भएका हुन् ।

उनका निकटम् प्रतिस्पर्धी एमालेका केदारजंग जोङवाङ २ हजार ७७० मत ल्याएका पराजित भए । अध्यक्षका प्रतिस्पर्धी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आशकुमार लिम्बूले ६२ र जनता समाजवादीका दावा शेर्पाले ११ मत प्राप्त गरे ।

उपाध्यक्षमा २ हजार ५९८ मत ल्याएर एकीकृत समाजवादीका दुर्गा प्रसाद चोङबाङ विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पा १ हजार ६५७ मतसहित पराजित भए । मेरिङदेनमा ६ वटा वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेको छ भने ४ मा कांग्रेस र ३ मा गठबन्धले जित हासिल गरेको छ ।