सुर्खेत । शनिबारदेखि बन्द रहेको सुर्खेत–जुम्ला सडक खण्ड खुलेको छ । कालीकोटको सुनार खोलामा गाडीको एक्सल भाँचिएपछि शनिबार बिहानदेखि बन्द रहेको सडक खण्ड आज बिहानदेखि खुलेको हो ।
सडक छेउबाट सहायक बाटो बनाइ सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् । सडक खुलेपछि नेपालगञ्ज र सुर्खेतबाट कालीकोट, जुम्ला र मुगुका लागि छुटेका गाडी गन्तव्यतर्फ लागेका छन् ।
ए.के. सञ्चार । २२ श्रावण २०७९, आईतवार ०९:२१