जुवा खेलिरहेका वडा अध्यक्षसहित ५ जना पक्राउ

सुर्खेत । रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी) ३४ वर्षीय कमल वुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन्  । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९०  रुपैयाँ बरामत गरेको छ ।