सुर्खेत । मानव धर्म सेवा समितिले साझा घर नेपालका बालबालिकालाई खाना खुवाएकाे छ । समितिले परमआराध्या माताश्री अमृताजीकाे जन्मोत्सवको अवसरमा ७० जना बालबालिकालाई खाना खुवाएकाे हाे ।
विगत वर्ष झैँ यस वर्ष पनि मानव धर्म सेवा समितिले बेसाहारा बालबालिकालाई सहारा दिदै आएकाे साझा घरका बालबालिकालाई भाेजन खुवाएकाे नेपाल मानव धर्म सेवा समितिका सन्तमहात्मा निर्मला बाईजीले जानकारी दिईन् ।
साझा घर नेपालले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस घरलाई मानव धर्मकाे सहयोग तथा सद्भाव रहने विश्वास व्यक्त गरिन् ।
सडक मानवको उद्धार गर्दै आएको साझा घरले कर्णालीमा सडक मानवमुक्त बनाउने अभियानमा रहेकाे छ ।
ए.के. सञ्चार । २५ श्रावण २०७९, बुधबार १४:०७