बैकल्पिक खेल मैदानको काम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगर कालिन्चौकमा बैकल्पिक खेल मैदानको काम सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा लिएको प्रदेश रंगशाला निर्माणाधिन अबस्थामा रहेका कारण कर्णालीका विभिन्न विधाका खेलाडीहरुलाई खेल मैदानको अभावका हुदै आएको थियो ।
गौरवको आयोजना प्रदेश रंगशाला निर्माण भइरहेका बेला कर्णाली प्रदेश खेलकुद विकास परिषदले बैकल्पिक खेल मैदानको रुपमा वीरेन्द्रनगर कालिन्चौकको मैदानलाई प्रयोग गरी बहुउदेश्यीय बैकल्पिक खेल मैदानको रुपमा निर्माण गरेको हो ।

कालिन्चौकमा सम्पन्न भएको बैकल्पिक खेल मैदानमा क्रिकेट, फुटबल, रग्बी, हक्की, र एथलेटिक्स लगायतका खेलहरु खेल्न सकिने कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ ।

प्रदेश राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा अबका दिनहरुमा खेल मैदानको अभाव नहुने कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए ।

सदस्य सचिव संज्यालका अनुसार यो भन्दा अगाडी टिम गेम र अन्य गेमहरु अहिलेको निर्माणाधिन गौरबको आयोजना प्रदेश रंगशाला भित्र हुने गर्थे । पछिल्लो समयमा गौरबको आयोजना निर्माणाधिन अबस्थामा रहेका कारण केहि समय खेलाडीहरुले मैदानको अभाब झेल्नु परे पनि अबका दिनमा भने खेलाडीहरुले मैदानको अभाब झेल्नु पर्ने छैन ।

बैकल्पिक बहुउदेश्यीय खेल मैदानको कुल लागत भने २७ लाख हजार रहेको छ । उक्त खेल मैदानमा कर्णालीमै पहिलो पटक निर्माण गरिएको सुविधा सम्पन्न मोबाइल ट्वाइलेटको समेत व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट भएका विभिन्न इभेन्टका खेलाडीहरुको बन्द प्रशिक्षण यहि २१ गते देखि यहि बहुउदेश्यीय बैकल्पिक खेलामैदान हुने छ ।