लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कालिकोट । लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका २ का ३० वर्षीय नवराज बस्नेत लागुऔषध मुद्दामा ६ महिना कैद सजाय फैसाला भएका फरार रहेका प्रतिवादी बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

उनलाई जिल्ला अदालत कालिकोटमा उपस्थित गराउनको लागि जिल्ला प्रहरी कार्यालयमा कालिकोटमा ल्याई स्वास्थ्य परिक्षण गरि प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।