देशको समृद्धि आजको प्रमुख आवश्यकता हो–ओनसरी घर्ती

काठमाडौं  । जनताको विकासको चाहना सम्बोधन गर्न आफू काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको पूर्वसभामुख ओनसरी घर्तीको भनाई छ । आज सामाजिक सञ्जालमार्फत् मतदानका लागि अपिल गरेको भिडियो क्लिप सार्वजनिक गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी घर्तीले जनताको विकासको चाहना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताएकी छन् । र्तीले काठमाडौं–२ का मतदाताको भावनाको पूर्ण सम्मान गर्दै उनीहरुको सुख दुःखमा सँग–सँगै रहने प्रतिबद्धता जनाएकी छन्।

े संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र देशको समृद्धि अहिलेको आवश्यकता भएको उनको भनाइ छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेकी छन् । त्यही आवश्यकता पूरा गर्न र काठमाडौं–२ का जनताको विकासको चाहना सम्बोधन गर्न वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेको पूर्वसभामुख घर्तीको भनाई छ ।