रक्तदान कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर जेसीज वर्ष २०२२ ले जेसिज सप्ताहको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
सप्ताव्यापी कार्यक्रम अन्तरगत शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । वीरेन्द्रनगर जेसीजका अध्यक्ष शैलेन्द्र पाठकका अनुसार रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।

यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको जेसीजले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । शनिबार नै ट्राफिक सचेतना कार्यक्रम र स्लो बाइक रेस कम्पिटिसन् कार्यक्रमको आयोजना गरेको थियो । कम्पिटिसनमा २० जना सहभागि थिए ।

यस्तै वीरेन्द्रनगर जेसीजले जेसीज सप्ताह अन्तरगत विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता, पुरस्कार वितरण, गजल वाचन, यूवा सम्मान कार्यक्रम गर्ने अध्यक्ष पाठकले जानकारी दिए ।