सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने बारेको प्रस्ताव पत्र दर्ता गरेका छन् ।
मुख्यमन्त्री शर्माले शुक्रबार (भोलि) दिउसो एक बजे बस्ने वैठकबाट विश्वासको मतका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जिवराज बुढाथोकी जानकारी दिएका छन् ।
उनले कर्णाली प्रदेश सभा सचिवालयमा मंगलबार साँझ पाँच बजे विश्वासको मत लिने बारेको पत्र दर्ता गराएका हुन् ।
शर्माको विश्वासको मतको विषयमा भोलिको सर्वदलिय बैठकमा छलफल निर्णय गर्ने बुढाथोकीले बताए ।
साथै, मुख्यमन्त्रीले राजकुमार शर्माले पनि भोली नै विश्वासको मत लिने बताएका छन् ।
ए.के. सञ्चार । ५ माघ २०७९, बिहीबार ११:२८