मलाई टचर गर्थाे, आँसीले हानेर छाेरा मार्दिए 

सुर्खेत । सुर्खेतकाे पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढालाई हत्यााकाे आराेप लागेका बुबा प्रकाउ परेका छन् ।


उनलाई प्रहरीले कैलाली टिकापुर-१ बिहान १० बजेकाे समयमा भाग्दै गरेकाे अवस्थामा ४५ बर्षीय नयाराम बुढालाई प्रहरीले पक्राउ गरेको हाे ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ट नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टिकापुर गएको थियाे ।

उनलाई मोबाइल लोकेसनका आधारमा टिकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेको थियाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार घटना घटेको दिन देखिनै सम्बन्धित नाकाहरुमा प्रहरीलाई खटाइएकाे बताए ।

हत्या आराेप लागेका मृतक युवकका बुबा लम्कीपुरमा साडुदाईको घरमा बसिरहेका थिए । उनी यहाँबाट भारत जाने तयारी रहेकाे खड्काले जनाए ।

साथै, प्रकाउ परेका मृतक युवकका बुबाले आफूलाई टचर गरेकाे हुनाले हसियाले हानेर हत्या गरेकाे स्वीकार गरेका छन् ।

उनले प्रहरीले साेधेकाे भिडियोमा यस्तो भनेका छन्,` टचर गरेकाे गरेहि गर्ने म मर्छु भनेर म मार्छु, काट्छु भनेर, मैले आँसीले हानेर मारे । उसले मलाई पनि मार्न खाेज्छ । हान्याे पिट्याे ।,