जुम्लाका एकजनाले गरे आत्मदाहकाे प्रयास

सुर्खेत । जुम्लामा एकजनाले आत्मदाह गर्ने प्रयास गरेका छन् । जुम्ला चन्दनाथ नगरपालिकाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै उनले आत्मदाह प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि उनले बिहीबार आज पेट्रोल खन्याएर आत्मदाह प्रयास जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी नेपाल प्रेसलाई जानकारी दिइन् ।

भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै ४० वर्षीय उनले आत्मदाह प्रयास लागेकाे रिजालले बताइन् ।

उनलाइ अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएकाे छ ।