प्रदेश अस्पतालमा पहिलाे पटक मृगौला प्रत्यारोपण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा मृगौला प्रत्यारोपण सुरु भएको छ । शनिबार प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण सुरु गरिएको हाे ।

काठमाडौ उपत्यका वाहिर सरकारी अस्पतालमा दाेस्राे पटक नि:शुल्क मृगौला प्रत्यारोपण गरिएको छ। प्रदेश अस्पतालले  अनुमति पाएकाे  ३ महिना पछि मृगौला प्रत्यारोपण गर्न सुरु गरेकाे हाे ।

प्रदेश अस्पतालका डाक्टर डम्बर खड्का र केन्द्रका तर्फबाट डाक्टर पुकार चन्द्र श्रेष्ठले ०७८ चैत १० गते मृगौला प्रत्यारोपण गर्नका लागि सम्झौता भएको थियाे ।

यस्तै,  कानुनी तथा व्यवस्थापिका प्रक्रिया पुरा गरेर शनिबार हिजाे नवलपरासी जिल्ला बर्दघाट नगरपालिका-४ का ४३ वर्षीया आमाले २२ वर्षीया छाेरालाई मृगौला दान गरेकी थिइन् ।

प्रत्यारोपणमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे सहयोग तथा  कार्यकारी निर्देशक डाक्टर पुकार श्रेष्ठकाे नेतृत्वमा उक्त प्रत्यारोपण सम्पन्न भएको प्रदेश अस्पतालले जानकारी दिएको छ ।

केन्द्रका शल्यचिकित्सक डाक्टर रवि किरण गाैतम, डाक्टर हरि बराल, एनेस्थेसियाेलाेजिष्ट डाक्टर साेभित थापा, रश्मित श्रेष्ठ, नेफ्राेलाेजिष्ट डाक्टर सुमित आर्चाय, डाक्टर दिपा लामिछाने रेडियाेलाेजीष्ट डाक्टर समीर दवाडी, डाक्टर पुजन बल्ल र डाक्टर जनी बज्राचार्य, फिजिसियन डाक्टर कुलराज शाही लगायतका टिम र ओ.टी इन्चार्ज प्रभा रावल तथा ओ. टी र आई.सि.यु मा कार्यरत नर्सिङ कर्मचारीहरु साथै प्रयाेगशालाका इन्चार्ज भरत देवकोटा लगायतका कर्मचारीहरुकाे सम्लन्ता रहेकाे थियाे ।

प्रदेश अस्पतालले  प्रत्यारोपण सेवा नियमित रुपमा संचालन गर्ने प्रदेश अस्पतालेकाे याेजना रहेकाे छ । उक्त सेवालाइ निरन्तरता दिनका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा  प्राविधिकलाई क्षमता वृद्धि गर्न केन्द्रमा तालिममा पठाउने डाक्टर डम्बर खड्काले बताए ।

डाक्टर खड्काका अनुसार कर्णालीमा मृगौलाका बिरामी त्यति धेरै भेटिएका छैनन् । यहाँकाे गरिबी र आर्थिक स्थित कमजोरका कारण बिरामी राेग लुकाएर घरमा नै बसेका छन् कि भन्ने लाग्छ ।`

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजनर ११ जनाकाे मृगौला र ९ जनाकाे कलेजने प्रत्यारोपण गरिएकाे डाक्टर पुकार चन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने मृगौला विरामिकाे चापलाई ध्यानमा राखेर देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णालीमा उक्त सेवा सुरु गर्न प्राविधिक सहयाेग गरेकाे  श्रेष्ठले बताए ।

डाक्टर श्रेष्ठले भने,` कति ठाउँमा प्रत्यारोपणकाे सेवा त सुरु भयाे तर लागू हुन् सकेन, तर कर्णालीमा भने निरन्तरता दिनेछौं  । तपाईं हाम्रो इज्जतकाे कुराभएको हुँदा कुनै हालतमा प्रत्यारोपण सेवा बन्द हुने छैन् । अब कर्णालीका बिरामीले काठमाडौ धाउनु पर्दैन, र बिरामीले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन  ।

हिजाे प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण अत्यन्त सफल भयाे, बिरामीमा स्वस्थ रहेकाे डाक्टर श्रेष्ठले जानकारी दिए ।
प्रदेश अस्पतालमा उपकरण भए नयाँ र राम्रो देखियाे, तर कर्णालीमा डाक्टर र नर्स बस्दैनन् किन भन्ने लाग्छ ।´

यस्तै, नेपाली काँग्रेसका पुर्व मुख्यमन्त्री तथा संसदीय दलका नेता जिवनबहादुर शाहीले कर्णालीकाे स्वास्थ क्षेत्रमा सुधारिदै गएकाे छ । प्रदेश अस्पताल नमुना अस्पतालका रुपमा चिनिदै गरेको छ । शाहीले भने उक्त सेवाका लागि पहल गरे सफल त भयाे,` तर म सरकार हुँदै हुन्थाे हाेला भनेकने म बाहिरीदा भयाे ।`