औषधि व्यवसायी संघ कर्णालीको अध्यक्षमा : प्रेम भण्डारी

सुर्खेत । नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रेमबहादुर भण्डारी निर्वाचित भएका छन् ।
वीरेन्द्रनगरमा शनिबार सम्पन्न व्यवसायी संघको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको थोकतर्फको उपाध्यक्षमा पूर्ण बुढथापा, खुद्रातर्फका उपाध्यक्षमा पदम केसी, प्रदेश महासचिवमा दानबहादुर रोकाय, कोषाध्यक्षमा गोमाकुमारी नेपाली, सहसचिवमा रविद्र थापा र उपकोषाध्यक्षमा सरिता रोकाय निर्वाचित भएका छन् ।

यस्तै सस्यहरुमा पूर्णप्रकाश बराल, डिल्लीराम सापकोटा, किरणप्रसाद चौलागाई, धर्मदत्त हमाल, लछिराम महत, पृथ्वीनाथ बस्नेत, रामबहादुर बस्नेत, ज्वारीलाल भट्टराई र इन्द्र केसी निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक दुर्गा सापकोटाले जानकारी दिए । अधिवेशन कर्णाली प्रदेशसहित देशभरका औषधि व्यवसायीहरुको सहभागी थिए ।